नेपालले माल्दिभ्सविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजे

काठमाडौं– एसियाली खेलकुदअन्तर्गत टी–२० आई पुरुष क्रिकेट खेलमा नेपालले माल्दिभ्सविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ। चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि पहिलो खेलमा नेपालले मंगोलियालाई २७३ रनको फराकिलो अन्तरले हराएको थियो। माल्दिभ्सले पनि आफ्नो पहिलो खेलमा मंगोलियालाई ९ विकेटले हराएको थियो।

नेपाल र माल्दिभ्सबीच हुने खेलको विजेता टोली क्वाटरफाइनल प्रवेश गर्नेछ। मंगोलियाविरुद्धको खेलमा ११ वटा विश्व कीर्तिमान बनाएको नेपाल माल्दिभ्सविरुद्धको खेलमा पनि त्यस्तै प्रदर्शन गर्ने लक्ष्यमा छ।

नेपालको प्लेइङ ११

रोहित पौडेल (कप्तान) आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सोमपाल कामी, सन्दीप जोरा, अविनाश बोहरा, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर