यस्तो रहनेछ आज बुधबारको मौसम पूर्वाअनुमान

काठमाडौं । देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूको मौसम समान्यतया सफा रहेको छ।

बुधबार दिउँसो देशका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशहरूका तराईका केही स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ। साथै उपत्यका लगायत देशका केही भूभागहरूमा तुवाँलोको संभावना रहेको छ।

राति देशका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर