त्रिभुवन एअरपोर्टमा फेरि ३ किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै तीन किलोग्राम सुनसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा फिलिपिनी रहेको प्रहरीले जनाएको छ । दुबई हुँदै काठमाडौं आएकी उनलाई सुनसहित शुक्रबार साँझ पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए ।

उनका अनुसार बरामद सुन झण्डै तीन किलोग्राम छ । ‘दुबईबाट काठमाडौं आउँदै गरेको फिलिपिनी सुनसहित समातिएकी छन् । समातिएको सुन झण्डै तीन किलोग्राम छ,’ उनले भने । गत साउन २ गते विमानस्थल भन्सार पास भएर आएको करिब ६१ किलोग्राम सुन राजस्व अनुसन्धान विभागले समातेको थियो । त्यसपछि पनि विमानस्थलबाट सुन बरामद हुने क्रम रोकिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर