मिलान सेमिफाइनलमा

काठमाडौं । इटालियन क्लब एसी मिलान च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा नापोलीसँग १-१ गोलको बराबरीमा रोकिएपनि मिलान समग्रमा २-१ को जितसहित अन्तिम चारमा पुगेको हो । पहिलो लेगमा मिलानले १-० गोलको जित निकालेको थियो ।

रोमान्चक दोस्रो लेगमा सुरुआती अग्रता मिलानले बनाएको थियो ।

खेलको ४३ औं मिनेटमा ओलिभर जेरुडले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।

त्यसअघि खेलको २२ औं मिनेटमा जेरुडको पेनाल्टी नापोलीका गोलकिपर एलेक्स मेरेटले रोकेका थिए ।

खेलको ८२ औं मिनेटमा नापोलीले पनि पेनाल्टीको अवसर खेर फाल्यो । कभिचा कभाराकेस्लियाले बाहिर प्रहार गरे ।

त्यसपछि खेलको इन्जुरी समयमा भिक्टर ओसिमहेनले गोल गर्दै नापोलीलाई १-१ को बराबरीमा ल्याएपनि टोलीलाई अर्को चरणमा पुर्याउन सकेनन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर