काठमाडौंमा डेंगु सङ्क्रमणका बिरामी एकाएक बढ्दै

काठमाडौं ।  पछिल्लो समय काठमाडौंमा डेंगु सङ्क्रमणका बिरामी बढेका छन् । विगत एक हप्तादेखि डेंगुका बिरामी बढेका महानगरपालिकाको स्वास्थ्य विभागले जानकारी दिएको छ । स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलका अुसार विगतका वर्षको तुलनामा यस वर्ष असोजको पहिलो सातासम्म डेंगुका बिरामी नगण्य मात्रामा थिए, तर अहिले विस्तारै बिरामी बढिरहेका छन् ।

डेंगु सङ्क्रमण नियन्त्रणका लागि कामपाले यस वर्ष पहिलो पटक बायो लार्भीसाइड औषधि छर्केर नियन्त्रण गर्ने प्रयास गरे पनि पछिल्लो समय भने डेङ्गी सङ्क्रमणका बिरामी बढिरहेको प्रमुख पौडेलको भनाइ छ ।

कात्तिक मध्यसम्म डेंगुको जोखिम रहनसक्ने भएकाले सचेत रहन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । काठमाडौं महानगरपालिकामा असोज पहिलो सातासम्म सङ्क्रमित शून्यको अवस्थामा रहेका थिए । तर अहिले एकाएक सङ्क्रमितको संख्या बढ्न थालेको छ । नेपालमा डेंगु सङ्क्रमण देखा पर्न थालेको १९ वर्ष भयो । सन् २०२२ मा ५४ हजार ७८ जनामा पुष्टि हुँदा ८८ जनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर