एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा ढुंगेल निर्वाचित

काठमाडौं ।  नेकपा एमालेको प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनले अध्यक्ष पदमा कैलाश ढुंगेल निर्वाचित भएका छन् । गए राति सार्वजनिक मत परिणामअनुसार रामेछापका ढुंगेलले ६ सय ९६ र प्रतिस्पर्धी मकवानपुरका कृष्णप्रसाद दाहालले ४ सय ३९ मत प्राप्त गरेका छन् । निर्वाचनमा उपाध्यक्षमा दावा दोर्जे लामा, सचिवमा नवराज सिलवाल, उपसचिवमा प्रेमकुमार महर्जन र भक्तकुमारी लामा निर्वाचित भएका छन् ।

एमाले पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा अन्तिम मत परिणाम सार्वजनिक भएपछि पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले विजयीलाई बधाई दिए । अधिवेशनमा कूल प्रतिनिधि एक हजार एक सय ७२  रहेकामा एक हजार एक सय ३१ ले मतदानमा भाग लिएका थिए । अध्यक्ष पदमा केशवराज पाण्डे, सानुकुमार श्रेष्ठ र केशरकुमार बुढाथोकीले उम्मेदवारी दिए पनि फिर्ता लिएका थिए । यही असोज ८ गते भृकुटीमण्डपमा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट  उद्घाटन भएको अधिवेशनको बन्द सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मंगलबार सम्पन्न भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर