रियल ११ औं सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनलको दोस्रो लेगमा मंगलबार राति इंग्लिस क्लब चेल्सीलाई २-० गोल अन्तरले हराएर रियल समग्रमा ४-० को जितसहित अन्तिम चारमा पुगेको हो ।

पहिलो लेगमा समेत रियलले चेल्सीलाई २-० ले नै हराएको थियो ।

चेल्सीको मैदानमा भएको दोस्रो लेगमा रियललाई जित दिलाउन रोड्रिगोले दुबै गोल गरे ।

खेलको ५८ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए ।

त्यसपछि खेलको ८० औं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-० को जित दिलाए ।

रियल ११ औं सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर