चेपाङ समुदायले चोनाम पर्व हर्षोल्लासका साथ मनाउँदै

काठमाडौं । आज चोनाम पर्व, चेपाङ समुदायले हर्षोल्लासका साथ मनाउँदै छन् । चोनामलाई चेपाङहरुको मुख्य पर्वमा रुपमा समेत लिइन्छ ।

आजको दिन घैया धानको चामल, पिँडालु, निबुवा आदिले भूमिलाई पूजा गरी पितृलाई चढाउने गरिन्छ । चेपाङ समुदायमा नयाँ अन्न र फलफूल पितृलाई नचढाइ खाएमा देउता रिसाउँछन् भन्ने धार्मिक मान्यता छ । आजको दिन छरछिमेकी, नाताकुटुम्बलाई बोलाएर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गरिन्छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार चेपाङ जातिको जनसङ्ख्या ८४ हजार ३ सय ६४ जना रहेको छ । धादिङ, मकवानपुर, चितवन, गोरखालगायत २६ जिल्लामा चेपाङ जातिको बसोबास देखिन्छ । सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर