नागोर्नो–काराबाख विघटनको घोषणा

काठमाडौं । नागोर्नो–काराबाखलाई अस्तित्व नै समाप्त हुनेगरी विघटनको घोषणा गरिएको छ । आर्मिनियाली नेता सम्वेल शाहरामन्यानले आउँदो जनवरी एक तारिख अर्थात् नयाँ वर्षको पहिलो दिनदेखि नै सबै राज्य संस्था विघटन गर्ने आदेशमा हस्ताक्षर गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उहाँले नागरिकको सुरक्षाका लागि यो निर्णयमा पुगेको दाबी गर्नुभएको छ ।

राज्य संस्थालाई विघटन गर्ने आदेशमा हस्ताक्षरपछि नागोर्नो–काराबाखको स्वघोषित गणतन्त्रको अस्तित्व समाप्त भएको हो । तीन दशकदेखि अर्मेनियालीहरूको नियन्त्रणमा रहेको यो क्षेत्र अजरबैजानले गएको हप्ता कब्जा गरेको थियो ।

राजनीतिक विश्लेषकहरूले अजरबैजानको आक्रमणपछि भएको यो कदमलाई नाटकीय घोषणा भनेर टिप्पणी गरेका छन् । अजरबैजानका सेनासँग अर्मिनियाली जनजाति पराजित भएका थिए । तर रुसको मध्यस्थतामा यही सेप्टेम्बर २० तारिखमा उनीहरुबीच युद्धविरामको घोषणा भएको थियो । अन्तर्राष्ट्रिय समुदायले काराबाख क्षेत्रलाई अजरबैजानकै भू–भागको मान्यता दिए पनि यसअघि उनीहरुले आफूलाई स्वघोषित स्वतन्त्र राज्य मान्दै आएका थिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर