सलमान खानलाई मन पराइनुका १० कारण

काठमाडौं । बलिउड अभिनेता सलमान खानका प्रसंशक अझै पनि बढिरहेकै छन् । भारत, नेपाल, पाकिस्तान, श्रीलंका देखि विश्वभर उनलाई मन पराउने तथा उनका फिल्म हेर्न चाहनेको संख्या धेरै नै छ ।

इन्स्टाग्राममा उनका ६५.६ मिलियन फलोअर्स छन् । सलमान खानको मुस्कान र हाँसोले प्रसशंकको मन जित्ने गर्छ । बढ्दो उमेरमा पनि उनको शरीर एकदमै तन्दुरुस्त छ । त्यस्तै अर्को उनलाई मन पराउने कारणका पछाडि उनको परिवार रहेको छ । उनी अहिले पनि आमा बुवालगायत सम्पूर्ण परिवारसँगै एउटै छतमुनी बस्छन् ।

सलमान खानले बिइंग ह्यूमन फाउन्डेशनका माध्यमबाट गरीब तथा आवश्यक भएका व्यक्तिको सहयोग गर्ने गर्छन् । बलिउडका भाईजान एक मात्र धेरैले चाहेका अविवाहित अभिनेता हुन् । सलमान खानको फिल्म ‘तेरे नाम’ रिलीज भएको समयमा उनको कपालको स्टाइल धेरै युवाले कपी गरेका थिए । त्यस्तै उनका धेरै नृत्य स्टाइल पनि कपी गर्ने गर्दछन् ।

सलमान खान कै कारणले बिग बोस हेर्ने प्रसशंक पनि धेरै छन् । उनले जसरी बिग बोस अरु कसैले होस्ट गर्न पनि सक्दैन । त्यस्तै उनले हिन्दु र मुस्लिम दुवै धर्म मान्छन् जसले गर्दा उनका सबै जातधर्ममा प्रशंसक छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर