राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल न्युरोडस्थित जुद्ध शम्शेरको सालिकबाट हिँडेर गएर वसन्तपुरस्थित गद्दी बैठकबाट इन्द्रजात्रा अवलोकन गरेका छन् ।
काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्रमा सवारी प्रवेशमा रोक लगाउने निर्णय गरेसँगै राष्ट्रपतिको सवारीलगायत अन्य सवारी जुद्ध शम्शेरको सालिक अगाडि रोकिएको थियो ।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी बिहीबार इन्द्रजात्रा पर्व मनाइयो । राष्ट्रपति पौडेललाई महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले स्वागत गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर