नेपाल ब्याडमिन्टनतर्फ पुरुष टिम इभेन्टको क्वार्टरफाइनलमा

काठमाडौं । १९औं एसियाडअन्तर्गत ब्याडमिन्टनतर्फ नेपालको पुरुष टिम इभेन्टको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिनजियाङ जिम्नयाजियम कोर्टमा बिहीबार भएको अन्तिम १६ को खेलमा नेपालले मङ्गोलियालाई ३–१ ले हरायो ।

नेपालका प्रिन्स दाहालले मङ्गोलियाका गेरेलसुख जार्गलसाइखानलाई तथा सुनिल जोशीले अभितुगुल्दर ब्याम्बाजाभलाई समान २–० ले हराए । प्रिन्स २१–८, २१–१४ तथा सुनिल २१–११, २१–७ ले विजयी भएको हो ।

तर, विष्णु कटुवाल भने सुमियासुरेन एनखबातसँग २–१ ले पराजित भएपछि मङ्गोलियाले पुनरागमन गरेको थियो । प्रतिस्पर्धात्मक खेलमा विष्णु २१–२३, २४–२२, १७–२१ ले पराजित भए । प्रिन्स दाहाल र विष्णु कटुवालको जोडीले जोल्जाया मुनखबातार र एनखबात ओलोनबायरको जोडीलाई २–० ले हराए । प्रिन्स र विष्णुको जोडी २१–८, २१–९ ले विजयी भएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर