प्रधानमन्त्री प्रचण्डद्वारा मानसरोवर र कैलाश पर्वतको अवलोकन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तिब्बतस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल मानसरोवरको अवलोकन गरेका छन् । चीनको औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री प्रचण्डले बिहीबार मानसरोवर अवलोकन गरेका हुन् । साथै उनले कैलाश पर्वतको पनि अवलोकन गरे ।

प्रधानमन्त्री प्रचण्ड बुधबार ल्हासा पुगेपछि त्यहाँ विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त रहेका थिए । प्रधानमन्त्री गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर