‘ई’ को माग पूरा गर्न महानगरसँग कानुन छैन : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले अभियन्ता ‘ई’ ले उठाएका माग पूरा गर्न महानगरसँग कानुनी आधार नभएको बताएका छन् । अभियन्ता ‘ई’ लाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेर मेयर साहले अहिलेको कानुनी व्यवस्थाले ‘ई’ का माग पूरा गर्न नसक्ने प्रस्ट पारेका हुन् ।

‘ई’ ले उठाएका मागहरूलाई आफूले नपन्छाउने भन्दै साहले फुटपाथ वा बाटोमा व्यापार गर्नु गैरकानुनी भएको बताए । यस्तै समय छुट्याएर व्यापार गर्न दिँदा पनि त्यो समयमा बाटो अवरोध हुने भन्दै उनले त्यसो गर्न पनि नसकिने बताए।

फुटपाथबाहेक सार्वजनिक जग्गामा व्यापार गर्न दिने कुरा अहिलेको कानुनले मेयर मात्र नभई मन्त्रिपरिषद्ले पनि गर्न नसक्ने मेयर साहको भनाइ छ। यस्तै मेयर साहले ‘ई’ को जायज माग पूरा गर्नुपर्छ भन्दै ऐक्यबद्धता जनाउने नेताहरूलाई पनि सटही कुरा गरेर राजनीति नगर्न आग्रह गरे । केपी ओली, बाबुराम भट्टराई, गगन थापा, कमल थापा, स्वर्णिम वाग्लेलगायतलाई सम्बोधन गर्दै उनले जायज माग पूरा गर्ने सटही कुरा गर्नुभन्दा स्पष्ट कानुन बनाउन आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर