हनुमानढोकामा ५०४ कुमारीको सामूहिक पूजाअर्चना

काठमाडौं । युवा विश्व हिन्दु महासङ्घ हनुमानढोकाको आयोजनामा आज बुधबार ५०४ कन्या श्रीकुमारी पूजा सम्पन्न भएको छ । हनुमानढोका राजदरबार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कुमारीहरूको सामूहिक पूजा गरिएको हो ।

हनुमानढोका राजदरबार क्षेत्रमा येँया (इन्द्रजात्रा) को अवसर पारेर यो पूजा आयोजना गरिएको हो । स–साना बालिकाहरूलाई कुमारीको भेषभूषामा सजाएर पूजा गर्न राखिएका थिए । कुमारीको संख्या ५०४ थियो ।

नेवार समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पूजा गर्ने प्रचलन छ । महिनावारी सुरु नभएका बालिकाहरूलाई वैदिक परम्पराअनुसार पूजा गरिन्छ । कुमारी पूजा गरेमा बालिकाहरूलाई माता तलेजु भवानीले रक्षा गर्ने धार्मिक विश्वास छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर