चिकित्सकहरूद्वारा गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा माग

काठमाडौं । चिकित्सकहरूले गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्दै बुधबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। आफूहरूमाथि पटक पटक आक्रमण हुँदा पनि सरकारले सुरक्षा प्रदान गर्न नसकेको भन्दै उनीहरूले गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा मागका साथ विरोध प्रदर्शन गरेका हुन्।

उनीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्ब कार्यान्वयन गर्नुपर्ने माग राखेका छन्। आफ्नो ज्ञान विवेक प्रयोग गरेको उपचार गर्दा पनि चिकित्सकमाथि लगातार आक्रमण भएको र सुरक्षाको प्रत्याभूति नभएकाले बाध्य भएर उपचार सेवा छाडेर आन्दोलनमा आउनुपरेको उनीहरूको भनाइ छ।

आन्दोलनरत चिकित्सकहरूले “हामी स्वास्थ्यकर्मी एक हौं, स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर, हजुरको आँशु हामीले हेर्ने, हाम्रो आँशु कस्ले हेर्ने ? ” भन्ने नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर