कुशल मल्लको विश्व कीर्तिमान, ३४ बलमै शतक प्रहार 

काठमाडौं । १९औं एसियाली खेलकुद अन्तर्गत टी–२० आईमा मंगोलियालाई नेपालले ३१५ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३१४ रन जोडेको हो। पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी मंगोलियाका बलर नेपाली ब्याटरसामु निरीह रहे।

नेपालले तीन विकेटको क्षतिमा उक्त लक्ष्य खडा गरेको हो। नेपालका लागि कुशल मल्लले सर्वाधिक १३७ रन बनाएका छन्। मात्र ५० बलको सामना गर्दै उनले उक्त योगफल जोडेका हुन्।  कप्तान रोहित पौडेलले ६१ रनको योगदान दिँदा दीपेन्द्र सिंह ऐरीले ५२ रन जोडे।

 कुशल मल्लको विश्व कीर्तिमान, ३४ बलमै शतक प्रहार 

नेपालका  युवा ब्याटर कुशल मल्लले टी–२0 क्रिकेट इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने रेकर्ड बनाएका छन्। १९औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध कुशलले ३४ बलमा शतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका हुन्। कुशल ४३ बलमा छक्का र चौकासहित १ सय १६ रनमा क्रिजमा छन्। यसअघि टी–२० मा सर्वाधिक छिटो शतक ३५ बलमा थियो। भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए। ०१८ मा भारतीय ब्याटर ऋषभ पन्तले दिल्लीबाट हिमाचल प्रदेशविरुद्ध ३२ बलमा शतक हानेका थिए। ओडीआईमा भने दक्षिण अफ्रिकाका एवि डिभिलियर्सको नाममा ३१ बलमा शतकको कीर्तिमान छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर