घटस्थापनादेखि नयाँ नोट सटही सुविधा

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ। राष्ट्र बैंकले चाडपर्व लक्षित नयाँ नोट सटहीका लागि तयारी सुरु गरेको हो।

राष्ट्र बैङ्कले प्रत्येक वर्ष दशैं तिहारलाई लक्षित गरी नयाँ नोट सटहीको व्यवस्था गर्दै आएको छ। यस वर्ष पनि घटस्थापनादेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारीमा रहेको छ। अहिले राष्ट्र बैंकले कति नोट चाहिने हो भने बैंकहरुसँग तथ्यांक माग गरेको बताएको छ।

राष्ट्र बैङ्कले ५, १०, २०, ५० र १०० दरका एक एक बन्डल नोट सटहीको सुविधा उपलब्ध गराउने जनाइएको छ। बैङ्क तथा वित्तीय संस्थाबाटै नोट साट्न सकिने छ भने, राष्ट्र बैङ्क र प्रादेशिक कार्यालयहरूबाट पनि नयाँ नोट साट्न पाइने छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर