इन्द्रजात्राका दिन काठमाडौंका केही स्थानमा सवारीसाधन निषेध

काठमाडौं । आगामी बिहीबार (असोज ११ गते) मुख्य इन्द्रजात्राको दिन काठमाडौंका विभिन्न स्थानमा सवारी आवागमन प्रभावित हुने भएको छ । काठमाडौं महानगरले आज आवागमन व्यवस्थापनसम्बन्धी एक सूचना प्रकाशित गरी असोज ११ गते वसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

यस्तैअसोज १२ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेङ्गल, न्ह्योखा, न्हैंकन्तला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै वसन्तपुर क्षेत्रमा सवारीसाधन सञ्चालन गर्न निषेध गरिएको छ भने असोज १५ गते भने वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलागल, भेडासिं, इन्द्रचोक, मखन हुँदै वसन्तपुर क्षेत्रमा सवारी निषेध गरिएको जनाएको छ ।

महानगरले वसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको पर्व भएका कारण जात्रा क्रियाकलापहरू हिँडेर सञ्चालन र्नुपर्ने हुनाले तोकिएका स्थानमा सवारीसाधन नचलाउन र त्यसमार्गबाट गन्तव्य जानुपर्ने यात्रुले वैकल्पिक मार्ग वा पैदल यात्राबाट गन्तव्य तय गरेर यातायत व्यवस्थापनमा सहयोग गरिदिन हुन महानगरपालिकाले आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर