घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन ४ सय र चाँदी ३० रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला एक लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज मंगलबार ४ सयले घटेर १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर