पाकिस्तानी क्रिकेट टोलीको भिसा स्वीकृत

काठमाडौं । भारतले विश्वकप खेल्ने पाकिस्तानी टोलीको भिसा स्वीकृत गरेको गरेको छ । दुबई हुँदै हैदराबाद उड्ने ४८ घण्टाभन्दा कम समयअघि भारत सरकारले भिसा स्वीकृत गरेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जनाएको छ ।

यसअघि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भिसा जारी गर्न भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएको थियो । उसले आईसीसीलाई पत्र लेखेको केही घण्टापछि भारतले हिजो बेलुका स्वीकृति दिएको क्रिकइन्फोले जनाएको छ ।

टोली भोलि बिहान पाकिस्तानबाट उड्ने तालिका भए पनि हिजो बेलुकासम्म भिसा भएको थिएन । गएको जुलाईमा भएको आईसीसीको वार्षिक सम्मेलनमा आईसीसीलाई बीसीसीआईले पाकिस्तानी टोलीलाई समयमै भिसा उपलब्ध गराउने बताएको थियो ।

विश्व कपको १३औँ संस्करणको प्रतियोगितामा १० टिम सहभागी हुँदैछन् । ४६ दिनसम्म चल्ने प्रतियोगिता अक्टोबर ५ तारिखमा शुरु हुनेछ भने फाइनल खेल नोभेम्बर १९ तारिखमा हुनेछ । प्रतियोगिता भारतका विभिन्न १० वटा शहरमा रहेको स्टेडियममा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर