कारोनाभन्दा सात गुना खतरनाक महामारी आउन सक्ने चेतावनी

काठमाडौं । विश्वका भाइरोलोस्टिहरूले कोरोनाभन्दा सात गुना खतरनाक महामारी आउन सक्ने अनुमान गरेका छन्। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले यसलाई “डिजिज एक्स” नाम दिएको छ।
डेली मेलको रिपोर्टअनुसार बेलायतको भ्याक्सिन टास्कफोर्सका प्रमुख डेम केट बिङ्घमले उक्त महामारीबाट ५ करोड मानिसको ज्यान जान सक्ने बताएकी छन्। विज्ञहरूले यो महामारी कोभिड–१९ भन्दा ७ गुणा बढी खतरनाक साबित हुनसक्ने र छिट्टै फैलिन सक्ने बताएका छन्।

महामारी आउनुअघि नै भ्याक्सिन

बेलायती वैज्ञानिकहरूले डिजिज एक्सको आउनुअघि नै यसविरुद्धको भ्याक्सिन बनाउन थालेका छन्। यसका लागि २५ प्रकारका भाइरसको अध्ययन गरिएको छ। वैज्ञानिकहरूको ध्यान जनावरहरूमा पाइने भाइरसहरूमा केन्द्रित छ। ती भाइरस जुन जनावरबाट मानिसमा सर्न सक्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर