पोखराको मणिपालमा चिकित्सकमाथि फेरि आक्रमण

काठमाडौं । पोखरास्थित मणिपाल अस्पतालका चिकित्सकमाथि हातपातको घटना भएको छ । उक्त अस्पतालमा भर्ना गरिएका लमजुङ सुन्दरबजारकी ५७ वर्षीया शुकमाया दुराको मृत्यु भएको विषयमा बिरामीका आफन्तहरूले सोमबार दिउँसो चिकित्सकमाथि हातपात गरेपछि अस्पताल परिसरमा तनाव सिर्जना भएको थियो ।

अस्पतालका एक चिकित्सकका अनुसार अन्तिम अवस्थामा बिरामीलाई अस्पताल ल्याइएको थियो । उनको मल्टि अर्गान फेलियरका कारण मृत्यु हो । तर मृतकका आफन्तहरूले चिकित्सकहरूको लापरवाहीका कारण बिरामीको मृत्युु भएको भन्दै अस्पताल परिसरमा रहेका चिकित्सा विद्यार्थी र चिकित्सकहरूमाथि कुटपिट गरेका थिए । उनीहरूले अस्पतालको भौतिक संरचनासमेत तोडफोड गरेका छन् ।

मणिपाल अस्पतालमा तोडफोड गर्दै डाक्टरमाथि आक्रमण गर्न थालेपछि अहिले अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ। यसैगरी आइतबार मात्रै जिल्ला अस्पताल लमजुङका डा. सन्दीप अधिकारीमाथि कुटपिट भएको थियो। कुटपिटको आरोपमा ऋषि बस्नेतलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर