एसियाड महिला क्रिकेट भारतको पोल्टामा

काठमाडौं । १९ औं एसियाडमा महिला क्रिकेटको उपाधि भारतले जितेको छ। चीनमा जारी प्रतियोगितामा सोमबार सम्पन्न महिलातर्फको फाइनल खेलमा श्रीलंकालाई हराउँदै भारतले उपाधि चुमेको हो।
भारतले श्रीलंकालाई १९ रनले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११६ रनको योगफल तयार गरेको थियो। ११७ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको श्रीलंका २० ओ‌भरमा ८ विकेट गुमाउँदै ९७ रनमै समेटियो। बंगलादेश तेस्रो भएको छ। पाकिस्तानलाई पाँच विकेटले हराउँदै बंगलादेश तेस्रो हुन सफल भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर