मेयर बालेनप्रति ओलीको छाप कस्तो रहेछ….

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई लक्षित गर्दै गरिबको सामान फालेर सडक खुला नहुने बताएका छन्। महानगरको कार्यालय रहेको भृकुटीमण्डपअघि भइरहेको नेकपा एमाले बागमती प्रदेश कमिटीको अधिवेशनमा उनले यस्तो बताएका हुन्।

यसैसँग सम्बन्धित माग राखेर अभियान्त ईः उभिइरहेको उल्लेख गर्दै उनले भने, “म युवाको माग सुन्छु। यत्तिकै उभिएको युवाको मागका बारेमा सुन्छु। नगर प्रहरीको ज्यादती छ। नगर प्रहरीको व्यवहारमा तमासा छ। ऊ प्रहरी ओर्लिए जसरी ओर्लिदैन। हाम फाल्छ। सिट्टी फुक्छ। फिरिरी कुद्छ। आतंक मच्चाउँछ। युनिफर्ममा छ तर रिस उठेको बच्चाबच्चीले जस्तो सामान फाल्छ।”
उनले यसको समाधान पनि दिनुपर्ने बताए। सडकमै सामान बेच्नुपर्छ भन्ने पक्षमा आफू नरहेको बताउँदै विकल्प खोज्न जरुरी भएको बताएका छन्। ओलीले थपे, “त्यति समयका लागि विकल्प पनि दिउँ। समाधान दिउँ। बिहान ५ देखि ८ बजेसम्म र बेलुकी ६ देखि ८ सम्म बेच्न दिउँ। बल्लबल्ल किनेर ल्याएको हुन्छ गरिबले, फ्याँकेर वा पोखेर समाधान हुँदैन।”

शहर खुला राख्नुपर्ने, बाटो फराकिलो बनाउनुपर्ने पक्षमा आफू रहेको बताउँदै उनले मान्छे मारेर वा पेलेर रुवाएर त्यस्तो गर्न नहुने बताए। यस्ता अनेक समस्या अहिले रहेको बताउँदै सरकार समाधान गर्न नचाहिरहेको उनले बताए। “सरकारसँग केही आग्रह गर्नु बेकार छ। महँगी बढेको छ। उद्योगधन्दा बन्द भएकोतिर ध्यान छैन। दशैं आइसक्यो, न्युरोडका पसल बन्द छन्। सरकारलाई कुनै चिन्ता छैन। सरकार दंग छ। समर्थकहरु दंग छन्”, ओलीले भने।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर