अजरबैजान र अर्मिनियाबीच फेरि युद्ध चर्कियो

काठमाडौं ।  अजरबैजान र अर्मिनियाबीचको युद्ध फेरी चर्केको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अजरबैजानका सेनाले अर्मिनियामा गोलाबारी जारी राख्नुका साथै ग्रिनेड समेत प्रहार गरेको छ । युद्धका कारण हजारौ नागरिक पलायन भएका छन् ।

गत सातादेखि फेरी सुरु भएको युद्धको मारमा पिल्सिएका अर्मिनियाका हजारौं नागरिक पलायन भएका हुन् । अजरबैजानले अर्मिनियाका अधिकांश भूभागलाई आफूतिर पार्न गरेको संघर्ष केही समय मत्थर भएकोमा अजरबैजानले फेरी आक्रमण सुरु गरेको हो । जसका कारण अर्मिनियाको जनजीवन अस्तव्यस्त बनेको छ ।

नागरिहरु त्रासमा जिन्दगी बिताउन बाध्य छन् । गत केही दिन अघि भएको आक्रमणमा अर्मिनिया तर्फ कम्तिमा ३२ जनाको मृत्यु भएको थियो भने घाइतेहरुको अवस्था गम्भीर रहेको छ । अर्मिनियाका अधिकांश भौतिक संरचनाहरु नष्ट भएका छन् । अजरबैजानले अर्मिनिया नियन्त्रित काराबाखको सैनिक मुख्यालयमा लगातार रुपमा बम हमला गरिरहेको समाचारमा उल्लेख छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर