राष्ट्रपतिद्वारा जानकी मन्दिरमा विशेष पूजाअर्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुरधामस्थित जानकी मन्दिरमा सोमबार बिहान विशेष पूजाअर्चना गरी प्रसाद ग्रहण गरेका छन् ।

जानकी मन्दिरका महन्त राम तपेश्वर दासले उनलाई वैदिक परम्पराअनुसार पूजा अर्चना गराएका थिए । राष्ट्रपति पौडेलसहितका टोलीलाई मन्दिर परिसरमा महन्त दासले फूलमालासहित खादा लगाएर सम्मान गरेका थिए । मन्दिरमा राष्ट्रपतिको पूजाअर्चनाको समय आधा घण्टा सर्वसाधारणलाई रोक लगाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर