कोरोनाबाट दुईजनाको मृत्यु, ४० लाख डोज सिनोभ्याकको म्याद सकिँदै

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एकै दिनमा दुईजनाको २ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मंगलबार जनाएअनुसार १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दुई हजार २ सय ९१ सेम्पलमध्‍ये ९ सय ८० जनाको पीआर परीक्षण गर्दा १ सय ५ र १ हजार ३ सय १२ जनाको एन्टिजेन परीक्षण गर्दा ६६ जना गरी १ सय ७१ जनामा संक्रमण देखिएको हो ।

मुलुकभर कोरोनाको सक्रिय संक्रमितको संख्या ३ सय ९७ पुगेको छ भने संस्थागत आइसोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भेन्टिलेटरमा ४ जना उपचाररत छन् ।

यसैबीच प्राविधिक परीक्षण नहुँदा ४० लाख डोज सिनोभ्याक खोप म्याद सकिने अवस्थामा पुगेको छ। स्वास्थ्य सेवा विभागका अनुसार चीनबाट अनुदानमा प्राप्त भएको ४० लाख डोज सिनोभ्याक प्राविधिक परीक्षण नभएकोले प्रयोग भएको छैन। उक्त खोपको म्याद समाप्त हुने अवधि करीब १० महिना मात्रै बाँकी छ।

विभागबाट प्राप्त विवरण अनुसार कोभ्याक्स सुविधा, अन्य अनुदान र नेपाल सरकारबाट खरिद गरेको समेत ५ करोड ८८ लाख ९१ हजार ९७० डोज खोपमध्ये ३७ प्रतिशत खरिद गरेको, ३३ प्रतिशत कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध भएको र ३० प्रतिशत विभिन्न दातृराष्ट्रले अनुदानमा उपलब्ध गराएको देखिएको छ। प्राप्त खोपमध्ये ३४ प्रतिशत भेरोसिल, १६ प्रतिशत कोभिसिल्ड र अन्य ५० प्रतिशत रहेको छ।

भारतको एक कम्पनीबाट कोभिसिल्ड १० लाख डोज र चीनको एक कम्पनीबाट भेरोसिल १ करोड डोज, गाभी एलाइन्ससँगको सम्झौताअनुसार ५९ लाख ३६ हजार ४०० डोज, कोभ्याक्स कस्टशेयरिङ अन्तर्गत मोडर्ना खोप ४० लाख ८०० डोज समेत २ करोड १९ लाख ३७ हजार २०० डोज खोप खरिद गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर