एम्बाप्पे घाइते, पीएसजीको फराकिलो जित

काठमाडौं ।  फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) विजयी भएको छ । गएराति भएको खेलमा पीएसजीले मार्सेलाई ४–० को फरालिको अन्तरले पराजित गरेको छ । यो खेलमा स्टार खेलाडी केलिएन एम्बाप्पे घाइते भएका छन् । जसका कारण उनी ३२ औं मिनेटमै मैदान छाडेका थिए । एंकल इन्जुरीका कारण मैदान छाडे पनि उनको अवस्था सामान्य रहेको प्रशिक्षक लुइस इनरिकले पुष्टि गरेका छन् । एम्बाप्पेलाई ओस्मन डेम्बेलेले रिप्लेस गरेका थिए ।

एम्बाप्पेले मैदान छाड्दा पीएसजीले १–० को अग्रता बनाएको थियो भने पछि अरु ३ गोल थप्न सफल भयो । आठौं मिनेटमा असरफ हकिमीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ३७ औं मिनेटमा रानडाल कोलो मुआनीले दोस्रो गोल गरेका थिए । पहिलो हाफमा २ गोल गरेको पीएसजीले दोस्रो हाफमा अरु २ गोल थपेको थियो । ४७ औं मिनेटमा गोनकालो रामोसले व्यक्तिगत पहिलो गोल गर्दै पीएसजी ३–० ले अघि बढेको थियो । उनैले निर्धारित समय सकिन १ मिनेट बाँकी रहँदा व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजी ४–० को फराकिलो जित निकाल्न सफल भयो । जितसँगै पिएसजीले ६ खेलबाट ११ अंक बनाएको छ । तालिकाको तेस्रो स्थानमा छ । समान खेलबाट मार्से भने ९ अंक बनाउँदै सातौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर