यू-१९ साफमा जित्नैपर्ने दबाबमा नेपाल

काठमाडौं ।  काठमाडौंमा जारी साफ यू–१९ च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्सको सामना गर्दैछ । नेपाल र माल्दिभ्सबीचको खेल अपरान्ह साढे ३ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।

सेमिफाइनलको प्रवेशका लागि नेपाललाई आजको खेल जित्नुको अर्को विकल्प छैन । पहिलो खेलमा नेपाल पाकिस्तानसँग १–० ले स्तब्ध भएको थियो । माल्दिभ्सले भने नेपालसँग बराबरी खेले पनि सेमिफाइनलको यात्रा गर्नेछ । उसले पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो । समूह ‘ए’ बाट पाकिस्तानले भने सेमिफाइनलको टिकट सुरक्षित गरिसकेको छ । यस्तै, समूह ‘बी’ बाट भारत र भुटान सेमिफाइनल पुगिसकेका छन् ।

गत संस्करण उपविजेता बंगलादेश भने समूह चरणबाटै बाहिरिएको छ । ऊ पहिलो खेलमा भारतसँग ३–० तथा दोस्रो खेलमा भुटानविरुद्ध ४–३ गोल अन्तरले पराजित भयो । आजै हुने दोस्रो खेलमा भुटानले भारतको सामना गर्नेछ । यी दुई टिमबीचको खेल साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । प्रतियोगिताका नेपालसहित भारत, बंगलादेश, भुटान, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । अहिलेसम्म नेपाल र भारतले दुई/दुईपटक यू–१९ साफको उपाधि जितेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर