भारतले अस्ट्रेलियालाई ९९ रनले हरायो

काठमाडौं ।  अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज भारतले एक खेल अगावै जितेको छ । गएराति सम्पन्न खेलमा अस्ट्रेलियालाई डकवर्थ लुईस पद्धतिमा ९९ रनले हराउँदै भारतले तीन खेलको सिरिज एक खेल अगावै जितेको हो ।

पहिलो खेलमा ऊ ५ विकेटले विजयी भएको थियो । अस्ट्रेलियाले भने आफ्नो खराब प्रदर्शन जारी नै राखेको छ । दोस्रो एकदिवसीयमा डिएलए पद्धतिअनुसार भारतले दिएको ३ सय १७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया २८.२ ओभरमा २ सय १७ रनमै अलआउट भयो । उसका लागि शेन एबटले ५४, डेविड वार्नरले ५३, मार्नस लाबुशेनले २७, जोस हेजलउडले २३, क्यामरुन ग्रीनले १९ र एलेक्स केरीले १४ रन बनाए । भारतका लागि रवीन्द्र जडेजा, रविचन्द्रन आश्विनले तीन/तीन, प्रशिद्ध कृष्णा र मोहम्मद शामीले एक विकेट लिए ।

त्यसअघि इन्दोरमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ९९ रन बनायो । उसका लागि श्रेयस अय्यर र शुभमन गिलले शतकीय पारी खेले । ९० बलको सामना गरेका अय्यरले ११ चौका र तीन छक्काको मद्दतमा १०५ रन बनाए ।

यस्तै, गिलले ९७ बलमा ६ चौका र ४ छक्कासहित १०४ रनको इनिङ खेले । सूर्यकुमार यादवले ३७ बलमा ६ छक्का र ६ चौकाको सहयोगमा अविजित ७२ रन बनाए । कप्तान केएल राहुलले ३८ बलमा ३ छक्का र ३ चौकासहित ५२ रनको इनिङ खेले । इशान किशन ३१, ऋतुराज गायकवाड ८ रनमा आउट हुँदा रवीन्द्र जडेजा १३ रनमा अविजित रहे ।  अस्ट्रेलियाका लागि क्यामरुन ग्रीनले दुई, एडम जाम्पा, शेन एबट र जोश हेजलउडले एक/एक विकेट लिए । भारत र अस्ट्रेलियाबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल बुधबार हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर