पूर्वराजा शाहको भक्तपुरमा भव्य स्वागत ( फाेटाे फिचर )

भक्तपुर । पूर्वराजा ज्ञानेन्द्र शाह आज भक्तपुर आएका छन् । आफ्नो सांस्कृतिक भ्रमणका सिलसिलामा उनी आज दिउँसो भक्तपुर आएका हुन् ।

मन्दिर परिसरमा पूर्वराजाको स्वागतका लागि ठूलो संख्यामा स्थानीय जनता उपस्थित भएका थिए । उनको स्वागतका लागि उपस्थित सर्वसाधारणको हातमा नेपालको राष्ट्रिय झण्डा थियो भने परम्परागत पहिरनमा उनीहरू सजिएका थिए । यस्तै, स्थानीय स्वागतार्थीहरूमा महिला र वृद्धवृद्धाको संख्या ठूलो थियो ।

स्थानीय जनताले राजसंस्थाको पक्षमा नाराबाजी पनि गरेका थिए । स्थानीयले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ ‘राजसंस्था जिन्दावाद’, ‘राजा आऊ देश बचाऊ’ ‘जनता आऊ राजा ल्याउँ’ भन्ने जस्ता नारा लगाएका थिए ।

पूर्वराजाले दरबार स्क्वायरस्थित तलेजु भवानीको दर्शन गरेपछि उनी करिब ५ मिनेट जत्ति पैदल हिँडेर टौमढीस्थित भैरवनाथ मन्दिर पुगेका थिए । पूर्वराजा शाहलाई स्वागत गर्न स्थानीय समाजसेवी अनन्तप्रसाद धौभडेलको संयोजकत्वमा स्वागत समारोह समिति गठन गरिएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाह नेपालमा राजतन्त्र समाप्त भएको संसदीय घोषणापछि पहिलो पटक भक्तपुरस्थित तलेजु र भैरवनाथ मन्दिर आएका हुन् । यसअघि भैरवनाथ मन्दिरको दर्शन गर्न नआए पनि राजा भएका बेला उनले भक्तपुरको प्रसिद्ध बिस्काः जात्रामा ठड्याइने लिंगोमा फहराइने एक जोडी हलिँपत (विश्वध्वज) भने चढाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर