सर्वोच्च अदालतद्वारा ‘ॐ’ शब्दबारे एमिकस क्युरी माग

काठमाडौं ।  ‘ॐ’ लाई शब्द कोषबाट हटाउने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले एमिकस क्युरी (अदालतको सहयोगी) माग गरेको छ।

प्रज्ञा प्रतिष्ठानको शब्द कोषबाट ‘ॐ’ शब्द हटाउन सरकारले गरेको निर्णयविरुद्ध अधिवक्ता स्वागत नेपाल र टपेन्द्रबहादुर कार्कीले २०७३ भदौमा सर्वोच्चमा रिट दायर गरेका थिए। अग्राधिकार प्राप्त भए पनि सात वर्षपछि बिहीबार सर्वोच्चले रिटको अन्तिम सुनुवाइका लागि राय दिन न्यायाधीश कुमार चुडाल र विनोद शर्माको संयुक्त इजलासले नेपाल बार एसोसिएसनसँग एमिकस क्युरी माग गरेको हो।

‘ॐ’ शब्द नेपाली भाषा संस्कृतको अभिन्न अंग भएको अवस्थामा त्यसलाई हटाउन भएको निर्णयले नेपाली भाषा संस्कृतमाथि आक्रमण भएको जिकिर निवेदक नेपालले गरेको छन्। एमिकस क्युरी पठाउँदा भाषाको ज्ञान भएको व्यक्तिलाई पठाउन सर्वोच्चले भनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर