नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) मा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार खेलाडीको बिदाइ गरेको हो । एसियाड क्रिकेटमा नेपालले असोज १० गते मङ्गोलिया र असोज १४ गते माल्दिभ्ससँग खेल्नेछ ।

नेपालले समूह चरण पार गरेमा क्वार्टरफाइनलमा स्थान बनाउनेछ । खेलाडीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का लगायतले बिदाइ गरे ।

एसियाडमा नेपालको क्रिकेट टोली

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी (विकेटकिपर), आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, सागर ढकाल, विवेक कुमार यादव, प्रतिश जि.सी, सोमपाल कामी र सन्दीप जोरा ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर