राहत शिक्षकहरूको काठमाडौंमा प्रदर्शन जारी

काठमाडौं । नेपाल शिक्षक महासंघको आह्वान आन्दोलनमा होमिएका शिक्षकहरुले प्रदर्शन छाडेका छैनन् । महासंघ र सरकारबीचको छ बुँदे सहमतिमा असन्तुष्टि जनाउँदै राहत शिक्षक, पेन्सन बञ्चित शिक्षक, बाल विकास सहयोगी शिक्षक लगायत आन्दोलनमा रहेका छन् । उनीहरुले अहिले पनि माइतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् ।

सरकार र महासंघले आफूहरुलाई धोका दिएको उनीहरुको निष्कर्ष छ । आफूहरुको माग पूरा नभएसम्म सडक नछाड्ने उनीहरुको अडान रहेको छ ।

राहत शिक्षकहरुले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुन पाउनुपर्ने, कुनै पनि बहानामा सरकारले राहत शिक्षकहरुलाई विस्थापित गराउन नहुने अडान लिएका छन् । त्यस्तै, पेन्सन बञ्चित शिक्षकहरु ऐन जारी नहुँदाको समयसम्म नियुक्ति पाएका शिक्षकहरुले पेन्सन सुविधा पाउनुपर्ने माग लिएर सडक आन्दोलनमा छन् । उनीहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर