क्रिकेटर सन्दीपको मुद्दाको पेसी अनिश्चित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा आज आइतबार पनि स्थगित भएको छ । पेसी तोकिएपछि न्यायाधीश अभावका कारण मुद्दाको सुनुवाइ हुन नसकेको हो ।
न्यायपरिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको छ भने केही उच्च अदालतमा बढुवा भएका छन् । सरुवा भएर जानेले मुद्दा नहेर्ने र आउनुपर्ने आइनसकेका कारण सीमित न्यायाधीशले मुद्दा हेर्न नभ्याएका हुन् । उक्त मुद्दाको पेसी अब कहिले तोकिनेछ टुंगो छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर