पश्चिम अफ्रिकी मुलुक बेनिनमा आगलागी हुँदा ३५ जनाको मृत्यु

काठमाडौं  । पश्चिम अफ्रिकी मुलुक बेनिनको दक्षिणपूर्वस्थित एक पसलमा आगलागी हुँदा एक बालकसहित ३५ जनाको मृत्यु भएको छ। आगलागीमा परी केही मानिस घाइते भएका छन्। घाइतेलाई उपचारको लागि अस्तपताल भर्ना गरिएको छ। स्थानीय समयअनुसार शनिबार राति साढे ९ बजे नाइजेरियाको सीमा नजिकैको सेमकेपोडजी नगरमा आगलागी भएको हो।

सरकारी अधिकारीले इन्धन अनलोड गर्ने क्रममा एउटा पसलमा आगलागी भएको जानकारी दिएका छन्। बेनिनको अनौपचारिक अर्थतन्त्र नाइजेरियाको कालो बजारमा भित्रने इन्धनमा परनिर्भर रहेको छ। नाइजेरिया र छिमेकी देशहरुमा गैरकानुनी ढंगबाट इन्धनको ओसारपसार हुने गरेको छ। यहाँको पाइपलाइन, इन्धन डिपो भण्डार र प्रशोधन अव्यवस्थित रहेको जनाइएको छ।

यसरी आपूर्ति हुने इन्धनमा छुट दिइने भएकाले सस्तो मूल्य पर्ने गर्दछ। गत मे महिनामा नाइजेरियामा बोला अहमद तिनुबु राष्ट्रपति निर्वाचित भएपछि तेलको मूल्यमा दिँदै आएको सहुलियत हटाएकाले महंगिएको छ। जसका कारण कालो बजारी मौलाएको जनाइएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर