क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको पेसी आज

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी (बलात्कार) को मुद्दाको पेसी आज (आइतबार) लाई छ। यसअघि असोज १ गते, सोमबार पेसी रहे पनि न्यायाधीश अभावका कारण सुनुवाइ नभएर स्थगित भएको थियो। सन्दीपविरुद्धको बलात्कारको मुद्दामा यसअघि पटक–पटक अन्तिम फैसलाका लागि पेसी तोकिए पनि फैसला नभइ सर्दै आएको छ।

असोज १ गते अगाडि सन्दीपको मुद्दामा भदौ २१ गतेका लागि पेसी तोकिएको थियो। उक्त दिन काठमाडौं जिल्ला अदालतका न्यायाधीश सकुन्तला कार्कीको इजलासले पीडित किशोरी (गौशाला २६)को यकिन जन्ममिति जनाउने कागज माग्ने आदेश गरेको थियो। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।

१८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी)माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ। सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा ९३० को देहाय (घ)अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ। उक्त कसुरअन्तर्गत १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर