बालेनलाई चुनौती दिँदै सरकार आफैँले उठाउन थाल्यो सिंहदरबारको फोहोर

काठमाडौँ । शहरी विकास मन्त्रालयले परिवर्तन सेवा प्रालि नामक संस्थासँग सम्झौता गरी सिंहदरबारको फोहोर उठाउन थालेको छ ।

मन्त्रालयको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले फोहोर व्यवस्थापनको वैकल्पिक उपायको खोजीमा परिवर्तन सेवा प्रालिसँग सम्झौता गरेको हो । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारको फोहोर नउठाउने अडान लिएपछि सिंहदरबार क्षेत्रको फोहोर त्यसयता शहरी विकास मन्त्रालयको सहयोगमा परिवर्तन सेवा प्रालिले उठाइरहेको छ ।

सहरी विकासमन्त्री सीता गुरुङले समस्या समाधान नभएसम्मका लागि वैकल्पिक उपायबाट फोहोर व्यवस्थापन गर्न केन्द्रीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयलाई निर्देशन दिएका थिए ।

मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, “काठमाडौं महानगरपालिकाले संवैधानिक एवम् कानुनी प्रावधानविपरीत फोहोरमैला व्यवस्थापन गर्ने कार्यमा आफ्नो दायित्वबाट विमुख भई अवरोध सिर्जना गरेको अवस्थामा सिंहदरबार केन्द्रीय सचिवालय रहेको परिसर, अतिविशिष्ट र विशिष्ट पदाधिकारीहरुको निवास रहेको स्थानबाट फोहोरमैला उठाइ व्यवस्थापन गर्ने कामका लागि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले परिवर्तन सेवा प्रालि नामक संस्थासँग सम्झौता गरी व्यवस्थापन गरिरहेको छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर