शिक्षा विधेयक संघीयताविरोधी : सांसद सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयक सङ्घीयताविरोधी भएको बताएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले सिकाउने शिक्षक सडकमा, सिक्ने विद्यार्थी वैदेशिक रोजगारीमा गइरहेको भन्दै शिक्षा विधेयकको विरोधको नाममा सडकमा भएको अवरोध हटाउन सरकारले पहल गर्नुपर्ने बताए । उनले स्थानीय तहको अधिकार खोस्ने र जिल्ला शिक्षा कार्यालयलाई पुनः स्थापित गर्ने कुरा सङ्घीयताविरोधी भएको दावी गरे ।
सांसद सुवालले विधेयकमा शिक्षकले राजनीति गर्न नपाउने उल्लेख गरिएको भन्दै अनियमितता हुनु भएन, देश र जनताको सेवा गर्नुपर्छ भन्ने पनि राजनीति भएकाले शिक्षा विधेयकले वाक् स्वतन्त्रता हनन भएको बताए ।

‘‘सिकाउने शिक्षक सडकमा, सिक्ने विद्यार्थी वैदेशिक रोजगारीमा छन् । शिक्षा विधेयकको विरोधको नाममा सडक अवरोध भएको छ । विधेयकमा केही विषय आपत्तिजनक भनेको छ । जस्तो स्थानीय तहको अधिकार खोस्ने र जिल्ला शिक्षा कार्यालयलाई पुनःस्थापित गर्ने यो सङ्घीयताविरोधी भयो भनेर आएको छ । राजनीति गर्न नपाइने भन्ने लेखेको छ’’, सांसद सुवालले भने, ‘‘राजनीति गर्न नपाउने भनेर कतिले ठीक छ भने कतिले ठीक छैन भने । भ्रष्टाचार गर्नु हुँदैन भन्ने पनि राजनीति हो । अनियमितता हुनु भएन, देश र जनताको सेवा गर्नुपर्छ भन्ने पनि राजनीति हो । शिक्षकले त्यति पनि बोल्न नपाउने भए यो विधेयक ब्यालेन्स भएन । त्यसकारण यो सङ्घीयताविरोधी भयो । अर्को राजनीतिको नाउँमा वाक् स्वतन्त्रता पनि हनन हुने खालको भयो ।’’ सांसद सुवालले शिक्षकहरुले भ्रष्टाचार गर्नु हुँदैन, अनियमितता हुनु भएन, देश र जनताको सेवा गर्नुपर्छ भन्ने कुरा पनि राजनीति भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर