आज पनि ट्राफिक व्यवस्था चौपट

काठमाडौं । शिक्षकहरुको आन्दोलनको आज तेस्रो दिन हो । माइतीघर मण्डलामा हजारौँ शिक्षकहरु भेला भएका छन् । उनीहरूको आन्दोलनका कारण शुक्रबार पनि काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन चौपट अवस्थामा रहेको छ ।

माइतीघर मण्डला र नयाँ बानेश्वर रुट हुँदै चल्ने गाडीलाई विभिन्न ठाउँबाट डाइभर्सन गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चक्रपथ, गौशाला, तीनकुने, सातदोबाटो, बल्खु, कलङ्की, भद्रकालीलगायत ठाउँबाट गाडी डाइभर्सन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर