आज पनि सुनको भाउ चारसयले घट्यो

काठमाडौं । सुनको भाउ आज पनि घटेको छ । हिजो तोलामा तीन सय रुपैयाँले घटेको सुनको भाउ आज चार सय रुपैयाँले घटेको हो ।

सुन आज तोलामा एक लाख १२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने आज पनि बढेको छ । हिजो तोलामा ५ रुपैयाँले बढेको चाँदीको भाउ आज १५ रुपैयाँले बढेर तोलामा एक हजार चार सय २५ रुपैयाँमा पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर