विवाह अघि नै अभिनेत्री इलियाना आमा बन्दै

काठमाडौं । भारतीय अभिनेत्री इलियाना डिक्रुजले मंगलबार बिहान आफू आमा बन्न लागेको घोषणा गरेकी छिन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत एक पोष्ट सार्वजनिक गर्दै इलियानाले खुसीको खबर भन्दै आफू छिट्टै पहिलो बच्चालाई स्वागत गर्न लागेको बताइन् ।

इलियानाले इन्स्टाग्राममा दुई वटा तस्बिर सार्वजनिक गरेकी थिइन् । पहिलो तस्बिरमा एउटा सानो बच्चाको पोशाक राखिएको छ भने अर्को तस्बिरमा उनले आमा लकेट लेखेको सिक्री देखाएकी छिन् ।

इलियानाको यो तस्बिरमा उनकी आमा समीरा डिक्रूजले आफ्ना नाति-नातिनाको आगमनको खुसी व्यक्त गरेकी छिन् । उनले लेखेकी छिन्, ‘यस संसारमा छिट्टै स्वागत छ मेरो नयाँ नाती नातीनीलाई तिमीलाई भेट्न आतुर छु ।’

कलाकारसहित धेरै फ्यानले इलियानालाई उनको जीवनको नयाँ सुरुवातको लागि बधाई दिएका छन् ।

इलियानले आमा बन्न लागेको घोषणा गरेसँगै अहिले उनलाई बच्चाको बाबु को ? इलियानाको विवाह कहिले र कोसँग भएको हो ? भन्दै प्रश्न सोध्ने गरेका छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार इलियाना अस्ट्रेलियाली फोटोग्राफर एन्ड्रयू नीबोनसँग प्रेम सम्बन्धमा थिइन् । तर, २०१९ मा उनीहरु एकअर्कासँग अलग भए ।

इलियानाले आमा बन्न लागेको घोषणा गरेपनि अहिलेसम्म आफू कसरी आमा बन्न लागेको विवाह गरेकोरनगरेको भन्नेबारे केही पनि खुलासा गरेकी छैनन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर