खेमराज भट्ट ‘मायालु’ को निधन

काठमाडौं । पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’ को निधन भएको छ। क्यान्सर रोगको उपचाररत भट्टको बिहीबार निधन भएको प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा जुगलले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समेत रहेका उनी वीर अस्पतालमा उपचाररत थिए । उनी २०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएर केही समय सामान्य प्रशासन मन्त्रीसमेत बनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर