कांग्रेसमा ८ जना केन्द्रीय समितिमा मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चन्द्र भण्डारीसहित ८ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । सभापति देउवाले कांग्रेस विधानको धारा २१ को उपधारा १० बमोजिम बिहीबार ८ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका हुन् ।

मनोनीत हुनेमा गुल्मीका डा। चन्द्र भण्डारी, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाईँ, बागलुङका किरणराज शर्मा पौडेल, रुपन्देहीका भरतकुमार शाह, कास्कीका शारदा पौडेल र पर्साका अनिलकुमार रुंगटा रहेका छन् ।

देउवाले मनोनीत गरेका केन्द्रीय सदस्यमा चन्द्र भण्डारी, हुमागाईँ र शारदा पौडेलबाहेक अन्य संस्थापन पक्षका हुन् । भण्डारी १४ औँ महाधिवेशनमा उपसभापतिमा पराजित भएका थिए । त्यस्तै विश्वकर्मा सहमहामन्त्रीमा पराजित भएका थिए । जोशी, हुमागाईँ यसअघि पनि केन्द्रीय सदस्य थिए । किरणराज शर्मा पौडेल यसअघि आमन्त्रित केन्द्रीय सदस्य थिए । रुपन्देही ५ बाट गत निर्वाचनमा पराजित शाह त्यसअघि लेखा समितिको सभापति थिए । रुंगटा उद्योगपति हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर