नागरिकता निवेदनमा रु १० को टिकट लाग्ने

काठमाडौं । सरकारले नागरिकता प्रमाणपत्रका लागि निवेदन दिँदा टाँस्नुपर्ने टिकटको पैसा बढाएको छ । मन्त्रिपरिषद्ले संशोधनसहित पारित गरेको नागरिकतासम्बन्धी नियमावलीअनुसार अब नागरिकता प्रमाणपत्र पाउनका लागि निवदेन दिने नेपालीले १० रुपैयाँको टिकट टाँस्नुपर्नेछ । यसअघि ५ रुपैयाँको टिकट टाँसेर नागरिकता प्राप्तिका लागि निवेदन दिँदै आइएको थियो ।

‘अनुसूचीहरूमा रु ५ को टिकट टाँसी भन्ने शब्दहरूको सट्टा रू १० को भन्ने शब्दहरू राखी रूपान्तरण गरिएको छ’, नियमावलीमा उल्लेख छ । गत भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले नागरिकतासम्बन्धी नियमावली २०८० पारित गरेको हो । गत जेठमा सरकारले नागरिकतासम्बन्धी ऐन संशोधन गरेको थियो । नियमावलीलाई ऐन सापेक्ष बनाउन भन्दै नियमावली संशोधन गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर