बानेश्वर, माइतीघरमा ट्राफिक व्यवस्था चौपट, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

काठमाडौं । शिक्षकहरूको आन्दोलनका कारण आज बिहीबार पनि काठमाडौंको ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । आन्दोलनका कारणले काठमाडौंको बानेश्वरलगायतका क्षेत्रमा सवारी आवागमन बन्द भएको छ । बुधबारदेखि शिक्षकहरूले शिक्षा विधेयक कतिपय प्रावधानप्रति असन्तुष्टि जनाउँदै गरेको आन्दोलनले गर्दा नयाँ बानेश्वर, माइतीघर, पुतली सडक, तीनकुने, सिँहदरबार क्षेत्रमा सवारीसाधन गुड्न पाएका छैनन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिले ती क्षेत्रमा जाम भएपछि अर्को रुटमा सवारीसाधनहरुलाई मोडिएको छ । ट्राफिक प्रहरीले वैकल्पिक सडक र करिडोरहरूको सडक प्रयोग गर्न अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर