विद्यालय बन्द नगर्न गगन थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले शिक्षासम्बन्धी विधेयक संसदमा दर्ता मात्रै भएकोले धेरै विषयमा सुधार गर्नुपर्ने पक्षमा आफू भएको बताएका छन् । शिक्षकहरूले विद्यालय बन्द गरी विधेयकका कतिपय प्रावधानको विरोध गर्न काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका बेला थापाले धेरै कुरा समेट्न बाँकी रहेको बताएका हुन् ।

साथै संसद्‌ले धेरै विषयलाई समेट्ने उनको भनाइ छ । ‘प्रस्तावित विधेयकले सरकारको मनसायको प्रस्ताव मात्र हो । विधेयक अब संसद्‌मा आएको छ । अब हामी विधायकहरूले यसमा काम गर्ने हो र सबैको मनसायको कानून बनाउने हो । हामी सबै सरोकारवालाको कुरा सुन्छौं । यो विधेयक ऐन बन्दा यसमा धेरै परिमार्जन संशोधन हुने नै छन्, संशोधन गर्नै पर्ने विषय छन्’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पाँच दशकपछि बन्दै गरेको शिक्षा ऐन, सङ्घीय संविधान बनेपछि त्यस अनुरूप बनाइने शिक्षा ऐनले हाम्रो विद्यालय शिक्षाको सन्दर्भमा अहिले भोगेका समस्या र चुनौतीको सम्बोधन गर्ने मात्रै होइन, यो पाँच दशकको अनुभवबाट सिकेर कम्तीमा अबको दुई दशकको समयलाई दिशा निर्देश गर्न सक्ने गरी परिकल्पना गरेर बनाउनु पर्नेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर