सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ

काठमाडौं । २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा डडेलधुरा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। बलात्कारमा संलग्न रहेकामध्ये १ जना अझै फरार रहेका प्रहरीले जनाएको छ। प्रहरीले भागेश्वर गाउँपालिका–३ ओड गाउँका २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दिपक ओडलाई पक्राउ गरेको हो। १८ वर्षीय किशोर फरार रहेका छन्।

कमल र १८ वर्षीय किशोरले २० वर्षीया युवतीलाई गत वैशाख ५ गते दिउँसो सोही ठाउँस्थित नानिगाड खोलामा करणी गरेको खुलेको छ। यस्तै, तपेन्द्र र दिपकले गत वैशाख १२ गते साँझ सोही गाउँपालिकाको डेका गाउँस्थित बाँझो घरको गोठमा लगि जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डडेलधुरा र प्रहरी चौकी लामिकाण्डेबाट खटिएको प्रहरीले ३ जनालाई पक्राउ गरेको हो। घटनामा संलग्न मुख्य किशोर भने फरार रहेका छन्। फरार किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर