कोसी, वाग्मती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा बिहीबार सरदर स्थानको दक्षिणतिर अवस्थित छ । बंगालको खाडीको उत्तर पश्चिम भागमा न्यूनचापीय क्षेत्र रहेको छ । न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर हुँदा मनसुन तुलनात्मक रूपमा कम सक्रिय हुन्छ ।

आज बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोसी प्रदेशका अधिकांश भू–भागमा सामान्य बदली रहेको छ । थोरै स्थानमा मेघगर्जन र चट्याङसँगै हल्का वर्षा भइरहेको छ । बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर